ऋषि सुनक | |
---|---|
संयुक्त अधिराज्यको प्रधानमन्त्री | |
पद बहाली २५ अक्टोबर २०२२ | |
एकाधिपति | चार्ल्स तृतीय |
पूर्वाधिकारी | लिज ट्रस |
व्यक्तिगत विवरण | |
जन्म | इंग्ल्याण्ड | १२ मे १९८०
राजनीतिक दल | कन्जर्भेटिभ पार्टी |
जीवन साथी | अक्षता मूर्ति |
सन्तान(हरू) | २ |
वेबसाइट | rishisunak |
ऋषि सुनक (जन्म: सन् १९८० मे १२) एक बेलायती राजनीतिज्ञ हुन् जो सन् २०२२ अक्टोबर २४ देखि कन्जर्भेटिभ पार्टीका नेता छन्।[१] सुनक सन् २०२२ अक्टोबर २५ मा संयुक्त अधिराज्यको प्रधानमन्त्री बनेका थिए।
उनले सन् २०२० देखि २०२२ सम्म संयुक्त अधिराज्यको कोषका कुलपतिको रूपमा काम गरेका थिए। उनी सन् २०१९ देखि २०२० सम्म कोषका लागि मुख्य सचिव थिए।[२] उनी सन् २०१५ देखि नर्थ योर्कसायरको रिचमन्ड (योर्क्स) का लागि संसद सदस्य थिए।[३][४]
सुनकले विन्चेस्टर कलेजमा अध्ययन गरेका थिए। उनले अक्सफोर्डको लिङ्कन कलेजबाट दर्शन, राजनीति र अर्थशास्त्रमा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। सन् २००६ मा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबिए डिग्री प्राप्त गरेका थिए।[५]
योर्कसायरको रिचमन्डबाट सांसद ऋषि सुनक सन् २०१५ मा पहिलो पटक संसदमा पुगेका थिए। त्यसबेला, ब्रेक्सिटको समर्थनका कारण पार्टीमा उनको लोकप्रियता बढ्दै गयो।[६]
सुनकले तत्कालीन बेलायती प्रधानमन्त्री टरिजा मेको सरकारमा संसदीय उपसचिवको रूपमा काम गरेका थिए। टरिजा मेले राजीनामा दिएपछि सुनकले कन्जर्भेटिभ नेता बन्न बोरिस जोनसनको अभियानलाई समर्थन गरेका थिए। जोन्सनलाई प्रधानमन्त्री नियुक्त गरेपछि सुनकलाई कोषको मुख्य सचिव नियुक्त गरिएको थियो। कुलपतिको हैसियतमा सुनकले कोभिड-१९ महामारीको अर्थतन्त्रमा परेको असरलाई मध्यनजर गर्दै बेलायतमा सरकारको आर्थिक नीतिमा प्रमुख रूपमा काम गरेका थिए।[७]
सन् २०२२ जुलाई ५ मा आफ्नो राजीनामा पत्रमा सुनकले जोनसनसँगको आफ्नो आर्थिक नीतिमा मतभेदलाई औंल्याएर कुलपतिको पदबाट राजीनामा दिएका थिए।[८] सुनकको राजीनामासँगै स्वास्थ्य सचिव जाविदको राजीनामाले सरकारको सङ्कटको बिचमा बोरिस जोनसनको राजीनामा निम्त्याएको थियो।[९]
सुनक गुजरानवालाका पन्जाबी ब्राह्मण परिवारका हुन्।[१०] सुनकको जन्म सन् १९८० मे १२ मा साउथह्याम्प्टन, ह्याम्पसायर, इङ्ल्यान्डमा बुबा यशवीर र आमा उषा सुनकको घरमा भएको थियो।[११] उनका हजुरबा हजुरआमा भारतको पन्जाब प्रान्तमा जन्मिएका थिए र सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट आफ्ना छोरा छोरीहरूसँग बेलायत बसाइँ सरेका थिए। सन् २००९ अगस्टमा सुनकले भारतीय अर्बपति इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए। स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्दा उनीहरूको भेट भएको थियो। हाल उनीहरूका दुई छोरी छन्।[१२][१३]
सुनक एक हिन्दु हुन्, र उनले श्रीमद्भगवद गीता हाथमा राखेर हाउस अफ कमन्समा सांसदको रूपमा सपथ लिएका थिए।[१४]