एसँदी Incendies | |
---|---|
निर्देशक | डेनिस भिल्लेन्युभ |
पटकथा |
|
निर्माता | |
मुख्य कलाकार | |
छायाङ्कन | आन्द्रे टुर्पिन |
सम्पादन | मोनिक डार्टोन |
सङ्गीत | ग्रेगोइरे हेट्जल |
वितरक कम्पनी | माइक्रो_स्कोप[१] |
वितरक | इ-१ इण्टरटेनमेण्ट |
प्रदर्शन मिति |
|
अवधि | १३० मिनेट |
देश | क्यानडा |
भाषाहरू | अरबी[२] फ्रेञ्च |
बजेट | $६५०००००[३] |
बक्स अफिस | $१६,०३८,३४३[४] |
एसँदी (फ्रान्सेली: , "आगो") सन् २०१० मा प्रदर्शनमा आएको क्यानडेली युद्ध चलचित्र हो जसको निर्देशन डेनिस भिल्लेन्युभले गरेका हुन्।
आफ्नी आमा नवल मर्वानको मृत्युपछि, उनका जुम्ल्याहा सन्तान जीने र साइमन फ्रेञ्च-क्यानेडीयन कानुन व्यवसायी जीन लेबललाइ भेट्न जान्छन् जो नवल मर्वानको रोजगारदाता समेत हुन्छन्। नवलको इच्छापत्र पढेर सुनाउने क्रममा कानुन व्यवसायी जीनले जबसम्म जीने र साइमन आफ्नो रहस्यमयी दाजुलाइ पत्ता लगाउन असमर्थ हुन्छन्, जसको अस्तित्व बारे उनीहरू पहिले देखि नै अनजान थिए, र उनीहरूका पिता, जसबारे उनीहरूको सोचाइ छ कि उनी मरीसके, तबसम्म नवलको अन्तिम संस्कार समेत नगर्नु भनी उल्लेख गरिएको हुन्छ।