कप्तान फुटबल खेलको एउटा टोलीको प्रमुख सदस्य हो। यो एउटा टोलीको मुख्य पात्रको रूपमा रहेको हुन्छ।[१]प्राय टोलीको कप्तान टोलीकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।
क्लब फुटबलमा कप्तान सिजनै पिच्छे फेरिने गर्दछ। यदि कुनै खेलमा कप्तान उपस्थित नभएमा सो खेलको लागि कप्तानको भूमिकामा उप-कप्तानले निर्वाह गर्ने गर्दछ। सर्वप्रथम कुनै पनि टोलीले फुटबल प्रतियोगिताको ट्रफी जित्दा कप्तानले नै सो ट्रफी ग्रहण गर्ने गर्दछ।[२]