व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | करिम मोस्तफा बेन्जेमा[१] | ||
जन्म मिति | [२] | १९ डिसेम्बर १९८७||
जन्म स्थान | ल्योन, फ्रान्स | ||
उचाइ | १.८५ मि[३] | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | अल इट्टिहाड | ||
सङ्ख्या | ९ | ||
युवा करियर | |||
१९९६–२००५ | ल्योन | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००४–२००६ | ल्योन बि | २० | (१५) |
२००४–२००९ | ल्योन | ११२ | (४३) |
२००९–२०२३ | रियल म्याड्रिड | ४३९ | (२३८) |
२०२३- | अल इट्टिहाड | १७ | (९) |
अन्तर्राष्ट्रिय करियर | |||
२००४ | फ्रान्स यु१७ | ४ | (१) |
२००४–२००५ | फ्रान्स यु१८ | १७ | (१४) |
२००५–२००६ | फ्रान्स यु१९ | ९ | (५) |
३००६ | फ्रान्स यु२१ | ५ | (०) |
२००७–२०२२ | फ्रान्स | ९७ | (३७) |
*क्लब घरेलु लिग उपस्थिति र गोल |
करिम मोस्तफा बेन्जेमा (फ्रान्सेली उच्चारण: , अरबी: كريم بنزيمة, अङ्ग्रेजी: Karim Benzema; जन्म: सन् १९८७ डिसेम्बर १९; करिम बेन्जेमा) फ्रान्सेली व्यवसायिक फुटबल खेलाडी हुन् जो साउदी क्लब अल इट्टिहाडका लागि स्ट्राइकरको रूपमा व्यवसायिक फुटबल खेल्ने गर्दछन्। खतरनाक युरोपेली स्ट्राइकरको रूपमा चिनिने बेन्जेमालाई डी क्षेत्रभित्र प्रभावशाली गोल गर्न सक्ने क्षमता भएको खेलाडी मानिन्छ। फ्रान्सको ल्योन सहरमा जन्मिएका बेन्जेमाले स्थानीय क्लब 'ब्रोन टेर्राइल्लन'बाट खेल जीवनको सुरुवात गरेका थिए। सन् १९९६ मा सहरकै ठूलो क्लब 'ओलम्पिके ल्योन्नाइस'सँग जोडिएको बेन्जेमा त्यही क्लबको युवा एकेडेमीबाट अघि बढेका थिए। सटिक पास निकाल्नु र बललाई गोलपोस्टको जाली चुमाउनु उनको विशेषता हो। खेल मैदानमा उनी विपक्षीको टाउको दुखाइको विषय बन्ने गर्छन्।[स्रोत नखुलेको] युवा फुटबलमा उनले फ्रान्सेली राष्ट्रिय फुटबल टोलीबाट यु-१७, यु-१८, यु-१९ र यु-२१ बाट खेलेका हुन।