कैथी कायठी, कायस्थी, 𑂍𑂶𑂟𑂲 | |
---|---|
प्रकार | |
समयावधि | c. १६हौँ–मध्य बीसौँ शताब्दी |
लेखन दिशा | बायाँ देखि दायाँ |
भाषाहरू | अङ्गिका, अवधि, भोजपुरी, मगही, मैथिली, हिन्दुस्तानी, सिल्हेटी |
सम्बन्धित लिपिहरू | |
अभिभावक लिपिहरू | |
सम्बन्धित लिपिहरू | देवनागरी, नन्दीनागरी |
आईएसओ १५९२४ | |
आईएसओ १५९२४ | Kthi (317), Kaithi |
युनिकोड | |
युनिकोड उपनाम | Kaithi |
U+11080–U+110CF | |
कैथी (भोजपुरी: 𑂍𑂶𑂟𑂲 ) एक ऐतिहासिक लिपि हो जसको मध्यकालीन भारतमा प्रमुख रूपले उत्तर-पूर्व र उत्तर भारतमा बृहत् रूपले प्रयोग गरिएको देखिन्छ। प्रमुख रूपले आजको उत्तर प्रदेश र बिहार राज्यको क्षेत्रहरूमा यस लिपिमा वैधानिक र प्रशासनिक कार्य गरिएको प्रमाण पर्याप्त भेट्ने गरिन्छ।[१] यस लिपिलाई कयथी वा कायस्थी लिपिको नामले समेत जान्ने गरिन्छ। पूर्ववर्ती उत्तर-पश्चिम भारत, मिथिला, बङ्गाल, उडिसा र अवध क्षेत्रमा यस लिपिको प्रयोग गरिएको इतिहास रहेको छ। यसको प्रयोग प्रमुख रूपले न्यायिक, प्रशासनिक र निजी तथ्याङ्क सङ्ग्रहणमा गर्ने गरेको पाइएको छ।[२]
'कैथी' लिपिको उत्पत्ति कायस्थ शब्दबाट भएको हो। यो जाति उत्तर भारतको एक सामाजिक समूह (हिन्दु जाति) हो।[३] यसै जातिद्वारा मुख्य रूपले व्यापार सम्बन्धी व्यहोरा सुरक्षित राख्नको लागि सबैभन्दा पहिले यस लिपिको प्रयोग गरेका थिए। कायस्थ समुदायको पुरानो रजवाडा र ब्रिटिस औपनिवेशिक शासकहरूको धेरै नै नजिकको सम्बन्ध रहेको थियो। यसै समुदायका मानिसहरू अङ्ग्रेजहरूका विभिन्न प्रकारका तथ्याङ्कहरूको प्रबन्धन र भण्डारण गर्नका लागि नियुक्त गर्ने गरिन्थ्यो। कायस्थहरूद्वारा प्रयुक्त यस लिपिलाई पछि कैथी नामले जान्न थालिएको हो।
कैथी एउटा पुरानो लिपि हो जसको प्रयोग थोरै भन्दा थोरै सोह्रौँ शताब्दीमा व्यापक रूपले भएको देखिन्छ। मुगल साम्राज्यको समयमा यसको प्रयोग धेरै नै व्यापक थियो। सन् १८८० को दशकमा ब्रिटिस राजको समयमा यस लिपिलाई प्राचीन बिहारको न्यायलयहरूमा आधिकारिक भाषाको दर्जा दिइएको थियो। यसलाई खगडिया जिल्लाको न्यायालयमा वैधानिक लिपिको दर्जा दिइएको थियो।
कैथी लिपिलाई कहिलेकाही 'बिहार लिपि' समेत भन्ने गरिएको छ। वर्तमान समयमा समेत बिहार लगायत भारतको उत्तर पूर्वी राज्यहरूमा यस लिपिमा लेखिएको हजारौँ अभिलेखहरू छन्। समस्या त्यस समय हुने गरेको छ जुन समय अभिलेखहरूसँग सम्बन्धित कानुनी समस्या आउने गरेको छ। भारतको एक दैनिक पत्रिका दैनिक जागरणको पटना संस्करणमा सन् २००९ सेप्टेम्बर ९ तारिखको समाचारपत्रमा पृष्ठ सङ्ख्या बीसमा बिहारको बक्सर जिल्लाबाट छापिएको कञ्चन किशोरको एउटा खबरको सन्दर्भ लिएर हेर्ने हो भने यस लिपिको जानकार वर्तमान समयमा बक्सर जिल्लामा जम्मा दुई जना रहेका छन्। दुवै जना जानकार व्यक्तिको उमेर पाको भइसकेको छ। यस्तोमा निकट भविष्यमा यस लिपिको जानकार कोई पनि नरहने र आजसम्म यस लिपिमा लेखिएको भू-अभिलेखहरूको अनुवाद आजको प्रचलित लिपिहरूमा गर्न धेरै नै कठिन हुन सक्ने सहज अनुमान लगाउन सकिन्छ। भाषाको जानकारहरूका अनुसार यस्तो स्थिति सम्पूर्ण स्थानमा विद्यमान रहेको छ।[४][५]