बलको एकाइ | |
---|---|
नाम | न्युटन |
प्रणाली | एसआई तत्जन्य एकाई |
भौतिक परिमाण | बल |
डाइमेन्सन | MLT-2 |
नामकरण गरिएको | आइज्याक न्युटन |
परिभाषा | बल हो जसले एक किलोग्राम पिण्डलाई १ मिटर प्रति सेकेण्ड प्रति सेकेण्डको प्रवेगले बल लगाइएको दिशामा कुदाउन सक्छ । |
न्युटन (सङ्केत: N) बलको एसआइ एकाइ (SI) हो । सर आइज्याक न्युटनको "न्युटनको चाल सम्बन्धि नियम" विशेष गरी दोश्रो नियम सम्बन्धि योगदानको निम्ति उनको सम्मान स्वरूप यसको नामकरण गरिएको हो ।
एक न्युटन भनेको त्यो बल हो जसले एक किलोग्राम पिण्डलाई १ मिटर प्रति सेकेण्ड प्रति सेकेण्डको प्रवेगले बल लगाइएको दिशामा कुदाउन सक्छ ।
न्युटनको चाल सम्बन्धि दोश्रो नियम अनुसार F = ma, जहाँ F = लगाइएको बल, m भनेको पिण्ड, जसमा बल लगाइन्छ , र a भनेको प्रवेग । त्यसकारण न्युटन भनेको:[१]
F | = | m | ⋅ | a |
1 N | = | 1 kg | ⋅ | 1 m/s2 |
जहाँ:
N : न्युटन, kg : किलोग्राम, m : मिटर, र s : सेकेण्ड.
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)