फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) संयुक्त राज्य अमेरिकाको एक सरकारीगुप्तचर संस्था र सुरक्षा एजेन्सी हो । यो एजेन्सी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र कानुन प्रवर्तनमा समर्पित छ । यसको स्थापना सन् १९०८ मा व्यूरो अफ इन्भेस्टिगेशन नाममा भएको थियो र सन् १९३५ मा पुन: नाम परिर्वतन गरी हाल पनि फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)को रूपमा कार्यरत छ ।[१]
बजेट, मिसन र प्राथमिकता
आर्थिक वर्ष २०१९ मा, व्युरो को कुल बजेत ९.६ अर्ब अमेरिकी डलर थियो।[२]
एफबिआईको मुख्य लक्ष्य भनेको संयुक्त राज्यको रक्षा गर्नु र अमेरिकी अपराधिक कानुनको पलना गराउनु र सङ्घीय, राज्य, स्थानीय र अन्तराष्ट्रिय संस्था र साझेदारहरूलाई अपराधिक न्यायिक सेवा र नेतृत्व दिनु हो।[३]