भारदार परिवार (अङ्ग्रेजी: Noble Family, Nobility) नेपालमा शाहवंशीको शासनकालमा रहेका राजनीतिक परिवार वा पारिवारिक गुट थियो । गोरखा राज्यमा थरघर नामक ६ भारदारी परिवारहरू रहने गर्दथ्यो जसको स्थापना राजा द्रव्य शाहले गरेका थिए । थरघरको भूमिका प्रशासन एवम् सैन्य व्यवस्था सञ्चालन गर्ने वा सञ्चालनमा मदत पुर्याउने थियो ।[१] त्यहीं स्वरूपमा राजा पृथ्वीनारायण शाहले ५ क्षत्रिय भारदार परिवारहरूलाई काजी वंशज उपाधि दिइ राजकाजमा स्थापित गरे । १८औं शताब्दीको अन्त्य र १९ औँ शताब्दीको पहिलो भागमा चौतारिया राजपरिवार सहित ४ प्रमुख भारदार परिवार शक्तिकेन्द्रमा रहेका थिए ।[२] राणा शासनको उदय हुँदा पुराना भारदार परिवारहरू विलिन वा विस्थापित हुन पुगे ।
गोरखा राज्यका ६ थरघर भारदार परिवारहरूः
गोरखा राज्यमा थरघरबाहेकका दरबारिया परिवारहरूः
एकीकृत नेपालका ४ काजी भारदार परिवारहरू[३][२]:
अन्य काजी भारदार परिवार:
अन्य भारदार परिवारहरू: