मलेसिया एयरलाइन्स फ्लाइट ३७०

मलेसिया एयरलाइन्स फ्लाइट ३७०
२६ डिसेम्बर २०११ मा लिइएको तस्बिर
वेपत्ता
मिति८ मार्च २०१४
सारांशकारण अज्ञात , केहि अवशेष फेला परेको
स्थलदक्षिण हिन्द महासागर (अनुमान)
विमान
विमानको प्रकारबोइंग ७७७#७७७ -२०० इ.आर
सञ्चालकमलेशिया एयरलाइन्स
आइएटिए उडान सं.एम.एच ३७०
आइसिएओ उडान सं.MAS370
परिचयक चिह्नमलेसियन ३७०
दर्ता नम्बर9M-MRO
विमान उडानक्वालालम्पुर अन्तरास्ट्रिय विमानस्थ, Sepang, मलेसिया
गन्तव्यबेइजिंग राजधानी अन्तरास्ट्रिय विमानस्थल
यात्रुहरू२२७
चालक दल१२
मृत्यु२३९(presumed)
जोगिन सफल0 (presumed)

मलेसिया एयरलाइन्स फ्लाइट ३७० मलेशिया एयरलाइन्सद्वारा संचालित  एक अन्तरास्ट्रिय यात्रु बाहक बिमान थियो जुन ८ मार्च २०१४ देखि वेपत्ता भएको थियो जब यो क्वालालम्पुर अन्तरास्ट्रिय विमानस्थलबाट आफ्नो गन्तब्य बेइजिंग राजधानी अन्तरास्ट्रिय विमानस्थल तर्फ उडान भर्दै थियो । यो फ्लाइटलाई चाइना साउर्दन एयरलाइन्सको नामले पनि चिनिन्थ्यो । चालक दलको एयर ट्राफिक कन्ट्रोल (एटिसी)संग अन्तिम सम्पर्क उडान भरेको ३८ मिनेटपछी दक्षिण चीन सगर माथि उडिरहेको बेला भएको थियो । त्यसको एक मिनेट पछि विमान एटिसी राडार स्क्रिनबाट हरायो , तर अर्को घण्टा सैन्य राडारले आफ्नो मार्ग भन्दा पश्चिम तर्फ मलाय प्रायद्विप र अन्दमन सागर पार गरेको देखेको थियो ।  विमान मा सवार २२७ यात्रु र १२ चालक दलका सदस्य सबै मृत्यु भएको मानियो र यो मलेसिया विमान इतिहासको मलेशिया एयरलाइन्स फ्लाइट १७ दुर्घटना हुनु भन्दा अगाडि सम्म सबैभन्दा भयङ्कर घातक विमान दुर्घटना थियो । यो दुई क्षतिले मलेसिया एयरलाइन्स को निकै नोक्सान भयो र मलेसिया सरकार द्वारा २०१४ को उत्तरार्धमा राष्ट्रियकरण गरियो ।

हराइरहेको यो विमानको खोज , उडान इतिहासकै सबैभन्दा महँगो भयो । सुरुमा खोज दक्षिण सागर र आन्दमन सागरमा केन्द्रित गरियो । विमानको वेपत्तापछी को  आधिकारिक सूचनाको अभावमा चिनियाँ सर्वसाधारणबाट निकै आलोचित हुनु परेको थियो जसको आफन्तहरु विमानमा थिए ।  २०१५ र २०१६ को बीचमा पश्चिमी हिन्द महासागर कयौ अवशेषहरु देखा परेका थिए ।  १,२०,००० वर्ग किलोमिटर (४६,००० वर्ग माइल) क्षेत्रमा तीन वर्षको खोजपछी यो काम रोकियो ।

फ्लाइट ३७० उडान इतिहासमौ एक गहिरो रहस्य बनेको थियो ।

यात्रु र चालक दल

राष्ट्रियता का यात्रु
राष्ट्रियता
संख्या.
अस्ट्रेलियाली

क्यानडेली

चीनी
१५३
फ्रान्सेली

भारतीय

इन्डोनेसियाइ

इरानी
मलेसियाली
५०
नेदरल्यान्ड

न्यु जी ल्यान्ड

रुसी

ताइवानी

युक्रेनी

अमेरिकी

कुल
२३९

मलेसिया एयरलाइन्सले २२७ यात्रु र १२ चालक दलको टिकटको आधारमा नाम र राष्ट्रियता सार्बजनिक गरेको थियो , र पछि दूई इरानी यात्रु लाई समाबेश गर्न सच्चिएको थियो ।

सन्दर्भ सामाग्रीहरू