योम किपुर युद्ध, रमादान युद्ध , वा अक्टोबर युद्ध (Hebrewयहूदी: מלחמת יום הכיפורים, Milẖemet Yom HaKipurim, or מלחמת יום כיפור, Milẖemet Yom Kipur; अरबी: حرب أكتوبر, Ḥarb ʾUktōbar, or حرب تشرينحرب تشرين, Ḥarb Tišrīn), लाई १९७३ अरब-इजरायल युद्धको नामले समेत चिनिन्छ। यो युद्ध ६ अक्टोबर देखि २५ अक्टोबर, १९७३ मा इजिप्ट र सिरियाद्वारा नेतृत्व गरिएको अरब गठबन्धन र इजरायल बीच लडिएको थियो। यो युद्ध मुख्यतः सिनाइ र गोलनमा लडिएको थियो जुन १९६७ मा छ दिने युद्धको क्रममा इजरायलले कब्जा गरेको थियो र कुनै लडाई अफ्रिकी इजिप्ट र उत्तरी इजरायलमा भएको थियो। [४६][४७] इजिप्टको यस युद्धको प्रारम्भिक उद्धेश्य स्वेज नहरको पूर्वी तट नियन्त्रण गर्नु र वार्ताको माध्यमबाट बाँकी सिनाइको फिर्ता गराउनु थियो।[४८][४९][५०][५१]
जब अरब गठबन्धनले इजरायली भूभागमा इस्लामको पवित्र महिना रमजानमा अप्रत्याशित संयुक्त आक्रमण गरे, तब युद्ध सुरु भयो। इजिप्टेली र सिरियाली फौज युद्धबिराम रेखा पार गरेर क्रमश सिनाइ प्रायद्विप र गोलन हाइट्समा प्रवेश गरे। दुवै अमेरिका र सोभियत सङ्घले आफ्नो मित्र शक्तिलाई सहायता प्रदान गरे, जसले गर्दा दूई परमाणु हतियार सम्पन्न दूई शक्तिहरु समेत युद्धको नजिक पुगेका थिए।[५२]
इजेप्टेली सेनाको बृहत र सफल स्वेज नहर पारसंगै युद्ध सुरु भयो। इजिप्टेली सेना युद्धविराम रेखा पार गरे र बिना अबरोध सिनाई प्रायद्विप तर्फ बढे। तीन दिन पछि इजरायलले आफ्नो सेना खटायो र इजिप्टेली बढाव रोकियो र सैन्य गतिरोध सिर्जना भयो।सिरियाले आफ्नो आक्रमण गोलन हाइट्समा केन्द्रित गरे। तर तीन दिन भित्र इजरायली फौजले सिरियालीलाई पछाडी धकेल्न सफल भए। इजरायल डिफेन्स फोर्सले चार दिन प्रत्याक्रमण गर्यो। एक हप्ताभित्रमा इजरायली तोपले दमास्कसको बाहिरी इलाकामा हमला गर्न सुरु गर्यो र इजिप्टेली राष्ट्रपति आफ्नो गठबन्धनको एकतालाई लिएर चिन्तित हुन् थाले। उनी रणनीतिक भञ्ज्याङहरु कब्जा गरेर आफ्नो अवस्था बलियो बनाउन सकिन्छ भन्ने विश्वास गर्थे, त्यसैले उनले आक्रमणको आदेश दिए, तर ती आक्रमणहरु प्रत्याक्रमण गरिए। इजरायलीले त्यसपछी दूई इजिप्टेली सेनाको वीच जवाफी हमला गर्दै, विस्तारै दक्षिण र पश्चिम स्वेज तर्फ बढ्न थाल्यो, जुन अभियानमा दुवै तर्फ ठुलो क्षति भयो।[५३]
अक्टोबर २२ मा, संयुक्त राष्ट्र सङ्घले युद्धविराम गरायो। अक्टोबर २४ सम्ममा इजरायलले आफ्नो अवस्था बलियो बनाउदै इजिप्टको तेश्रो आर्मी र स्वेज सहर घेराबन्दीमा पार्यो। यो अवस्थाले अमेरिका र सोभियत सङ्घ बीच तनाब उत्पन्न गरायो र २५ अक्टोबरमा अर्को युद्ध बिराम भए संगै युद्ध अन्त्य भयो ।
यो युद्धको लामो दुरगामी प्रभाव पर्यो। अरब राष्ट्रहरूले छ दिने युद्धको अन्त्यमा निकै अपमानित हुनु परेको थियो तर यस युद्धमा मिलेको प्रारम्भिक जीतले उनीहरूको मनोबल उच्च थियो। सन् १९७८ मा क्याम्प डेभिड सम्झौता भयो, जस अन्तर्गत सिनाई इजिप्टमा फिर्ता गरियो र अरब राष्ट्रले पहिलो पटक इजरायललाई मान्यता दियो। इजिप्ट सोभियत संघबाट टाढा हुदै गयो।
↑"O'Ballance">Edgar O'Ballance, No Victor, No Vanquished: The Yom Kippur War (1979 संस्करण), Barrie & Jenkins Publishing, पृ: 28–370, आइएसबिएन978-0214206702।
↑See [७][८][९][१०][११][१२][१३][१४][१५]Asaf Siniver (२०१३), The Yom Kippur War: Politics, Legacy, Diplomacy, Oxford University Press, पृ: ६, आइएसबिएन978-0-19-933481-0, "(p. 6) "For most Egyptians the war is remembered as an unquestionable victory- militarily as well as politically ... The fact that the war ended with Israeli troops stationed in the outskirts of Cairo and in complete encirclement of the Egyptian third army has not dampened the jubilant commemoration of the war in Egypt." (p 11) "Ultimately, the conflict provided a military victory for Israel, but it is remembered as 'the earthquake' or 'the blunder'""</ref>[१६]Ian Bickerton (२ फेब्रुअरी २०१२), The Arab-Israeli Conflict: A Guide for the Perplexed, A&C Black, पृ: १२८, आइएसबिएन978-1-4411-2872-0, "the Arab has suffered repeated military defeats at the hand of Israel in 1956, 1967, and 1973"</ref>[१७]P.R. Kumaraswamy (११ जनवरी २०१३), Revisiting the Yom Kippur War, Routledge, पृ: १८४, आइएसबिएन978-1-136-32888-6, "(p. 184) "Yom Kippur War ... its final outcome was, without doubt, a military victory ... " (p. 185) " ... in October 1973, that despite Israel's military victory""</ref>