राष्ट्रप्रमुख अथवा राष्ट्राध्यक्ष कुनै पनि सम्प्रभु राष्ट्रको एक सार्वजनिक राजनैतिक व्यक्तित्व हो। राष्ट्रप्रमुखलाई सम्पूर्ण राष्ट्रको एकता तथा संविधान रक्षा तथा पालनको चिन्हात्मक मानवीय स्वरूपको रुप मानिन्छ। विभिन्न देशहरूमा राष्ट्रप्रमुखलाई राजा (नेपाल अधिराज्य), महारानी (बेलायत), जार (रुसी साम्राज्य), सम्राट (जापानी साम्राज्य) , शाह फारसी साम्राज्य/ राजतन्त्रात्मक इरान) सुल्तान (सल्तानत), बादशाह (मुगल साम्राज्)), राष्ट्रपति (गणतन्त्र), परमाधिपति, अयातुल्लाह (इस्लामिक गणतन्त्र इरान), राजकुमार (साउदी अरब), सर्वोच्च नेता (उत्तर कोरिया), परम-नेता, इत्यादि जस्ता विभिन्न उपाधीहरूले सम्बोधन गरिन्छ। देशको शासकीय स्वरुप तथा शक्ति पृथकीकरणको आधारमा , राष्ट्रप्रमुख आलंकारिक संवैधानिक प्रमुख (बेलायति राजतन्त्र , जापानी राजतन्त्र, भारतीय राष्ट्रपति, नेपालको राष्ट्रपति) वा समानान्तर रुपमा एकसाथ सरकार प्रमुख पनि (अमेरिकी राष्ट्रपति, जो अमेरिकी सेनाको परमाधिपति समेत हुन्) हुन सक्छन् ।
राष्ट्रप्रमुख सम्प्रभुसत्ता सम्पन्न राष्ट्रमा सर्वोच्च ओहोदा हो। राष्ट्रप्रमुखसंग संविधानले दिए अनुसार निम्न उल्लेखित केही वा सबै अधिकार निहित हुन्छ। कुनै व्यक्ति राष्ट्रप्रमुख बनेपछि वा बनेको केही समय पश्चात, राष्ट्रप्रमुखले कार्यभार ग्रहण गर्ने बेलामा प्रायः औपचारिक समारोह हुन्छ। यसलाई गणतन्त्रमा राष्ट्रपतिको सपथ ग्रहण, वा राजतन्त्रमा राज्यारोहण/ राज्याभिषेक भनिन्छ ।
समसामयिक विश्वमा राष्ट्रप्रमुखलाई एक देशको जीवित राष्ट्रिय प्रतीकको रुपमा मानिन्छ।
धेरै देशहरूमा, राष्ट्रप्रमुखको आधिकारिक पोट्रेट चित्र सरकारी कार्यालय, अदालत र अन्य सार्वजनिक भवनहरूमा देख्न सकिन्छ। यो अवधारणा मध्यकालीन समय देखि नै प्रचलनमा आएको थियो। यो प्रचलन कहिले काहीं अति उग्र रुपमा लिइन्छ र राष्ट्रप्रमुखलाई नै राष्ट्रको प्रतीक मानिन्छ जसले गर्दा व्यक्ति पुजाको सुरुवात हुन्छ र अन्य प्रतिक जस्तै झण्डा भन्दा पनि राष्ट्रप्रमुखलाई देशको प्रतिनिधित्व मानिन्छ।
धेरै देशहरूमा सरकार प्रमुख, अन्य क्याबिनेट मन्त्रीहरू, न्यायाधीश र प्रमुख निजामति सेवाका, कुटनैतिक सेवाका, सैन्य अधिकारी र संवैधानिक अंगका आयुक्तहरू लगायत धेरै उच्च अधिकारीहरूको नियुक्ति राष्ट्रप्रमुखले गर्ने प्रचलन छ। धेरै संसदीय देशहरूमा सरकार प्रमुखको नियुक्ति संसदको समर्थनमा राष्ट्रप्रमुखले गर्ने र अन्यको नियुक्ति सरकार प्रमुखको सिफारिसमा राष्ट्रप्रमुखद्वारा गरिन्छ।
राष्ट्रपतीय व्यवस्था भएको देशमा, जस्तै संयुक्त राज्य अमेरिका, नियुक्तिहरू राष्ट्रपतिद्वारा मनोनित गरिन्छ , तर यी मनोनयनहरू व्यवस्थापिकाद्वारा, (अमेरिका मा अमेरिकी सिनेट) सामान्य बहुमतले अनुमोदन गरिनुपर्छ ।[१]
राष्ट्रप्रमुखद्वारा अधिकारीहरूलाई बर्खास्त पनि हुन सक्छन् ।
राजदुतहरूको नियुक्ति तथा विदेशी राजदुतको ओहोदाको प्रमाणपत्र बुझ्ने कार्य राष्ट्रप्रमुखद्वारा हुन्छ।
राष्ट्रप्रमुख सेनाको परमाधिपति रहने प्रचलन छ।
धेरै देशहरूमा, संसदले पास गरेको विधेयक राष्ट्रप्रमुखले प्रमाणीकरण गरेपछि / लालमोहर लगाएपछि कानून बन्ने व्यवस्था छ। यद्यपि संसदीय देशहरूमा राष्ट्रप्रमुखले कानून प्रमाणीकरण गर्न अस्वीकार गर्न सक्दैन। अमेरिकामा राष्ट्रपतिसंग भिटो गर्ने अधिकार हुन्छ।
धेरै देशहरूमा राष्ट्रप्रमुखलाई संसद अधिवेशन आह्वान तथा अन्त्य तथा संसद भङ्ग गर्ने अधिकार दिइएको छ। धेरै संसदीय देशहरूमा यो काम सरकार प्रमुखको सिफारिसमा गरिन्छ। कुनै संसदीय देश तथा कुनै राष्ट्रपतीय शासन व्यवस्था भएको देशमा राष्ट्रप्रमुख आफैले स्वविवेकमा संसद भङ्ग पनि गर्न सक्छन्।
राष्ट्रप्रमुखको मानपदवी प्रदान गर्ने आममाफी दिने जस्ता आलंकारिक अधिकार पनि रहन्छ ।
राज्यको तर्फबाट प्रदान गरिने मानपदवी तथा विभूषणहरू राष्ट्रप्रमुखले दिने प्रचलन छ। देशको इज्जत, प्रतिष्ठा बढाउने स्वदेशी र विदेशी नागरिकहरूलाई मानपदवी तथा विभूषण विभूषित गरिन्छ।
उदाहरण