रोधी घर

रोधी घर साँझ परेपछी नाँच गान र खान पान समेत हुँने मनोरञ्जनार्थ तोकीएको स्थल हो । परम्परागत रोधी घर कीशोर कीशोरी बीच अापसमा सम्बन्ध बनाउँने अनि रमाइलोको लागि हुँन्थे भने अाधुनिक समयमा बीशेषगरी शहरका रोधी घर गाउँने नाँच्ने र खाने पीउँने व्यापारीक स्थापनाको रूपमा परिचित छन । पछील्लो समय रोधी घरबाटै बीकसीत दोहोरी साँझ हरू निकै लोकप्रिय हुँदैछन ।

इतिहाँस

रोधि घर संस्कृती नेपालको गण्डकी क्षेत्रबाट बीकसीत भएको हो । रोधि को समयगत उद्गम बिन्दु ठ्याक्कै यकीन गर्न नसकीए पनि सम्झन नसकीने समय देखी सायद हजाराै नभएपनि सयाैं बर्ष देखी हिमालय क्षेत्रभित्र अस्तीत्वमा रहेको अनुमान गर्न सकिन्छ । तर पुर्वीय संस्कृती मुलत सेवा वा धर्ममा बढी अाधारीत भएकाले धेरै चलन गाउँ केन्द्रीत हुँने हुँदा तिनमा व्यापारीकरणको उद्देश्य हुँदैन । जस्को एक उदाहरण रोधि घर संस्कृती पनि हो । रोधी घर ग्रामीण क्षेत्रमा शताब्दियाै देखि चलनमा रहेपनि शहरमा अाउँनलाइ व्यापारीक प्रयोजनीत पश्चिमा रोधी घरको अागमन कुर्नुपरेको देखिन्छ । जबकि पश्चिमा रोधि घर संस्कृती पछील्लो शताब्दी (बीसाैं) बाट मात्रै स्थापीत संस्कृतीको रुपमा बिकसित भएको हो । नेपाली रोधि घरको विशेषता भनेको प्रत्यक्ष गायन र नाँच समेत हो भने पश्चिमा रोधीहरुमा सामान्यतया प्रत्यक्ष गायन हुँदैन जहाँ पुर्व स्वराङ्गित गितहरु मात्र बजाइन्छ ।

प्रकार

प्रारम्भमा एकै प्रकारका रोधी घरहरू भएको भएतापनि समयक्रमसँगै खाल खालका रोधीघरहरू अस्तीत्वमा अएका छन बीशेष गरी शहरी क्षेत्रमा ।

परम्परागत रोधी घरः अधिकतर परम्परागत शैलीमा प्रस्तुती दीइने रोधी घर यो समूहमा पर्दछन । दोहोरी गायन नेपाली रोधिको मुख्य विशेषता हो जहाँ तत्कालै गीत बनाइ सवाल जवाफ गरिन्छ । हाल ग्रामीण भेगमा कताकती बेला माैकामा गरिने नाँच गान र संचार माध्यमका प्रसारण सामग्री उत्पादनका उद्देश्यले बनेका रोधी यस्ता रोधीका उदाहरण हुँन । गाउँ घरमा हुँने रोधी रात्रीकालीन नै हुँनेभएता पनि संचार माध्यममा प्रसारण उद्देश्यका रोधी भने रात्रीकालीन नै नहुँन पनि सक्छन र जहाँ सामान्यतया निम्ताइएका सहभागी मात्र जान्छन । प्रत्यक्ष दोहोरी गायन र साथमा नाँच यस्ता दोहरीका अनिवार्य विशेषता हुन् ।


दोहोरी साँझः परम्परागत रोधीबाटै बीकसीत, पैसा तीरेर खान पीन समेत गर्न सकिने विशेषगरी शहरी व्यवसायीक स्थापनाहरु यस्ता दोहोरी अन्तर्गत पर्दछन । दोहोरी साँझलाइ भोजनालय र रोधी घर को सम्मीश्रीत रुप मान्न सकिन्छ । यस्ता स्थापनामा पनि ग्राहकहरू खान पीन गर्नुका साथै इच्छा हुँनेहरु् नाँच्न पनि सक्दछन ।

पश्चिमा रोधीः पश्चिमा रोधी प्रत्यक्ष गाएन नहुँने, अभिलेखीत गीतहरूमा नाँच्न सकीने र मुख्यत पीउने संस्कृती प्रवर्धनात्मक हुँन्छन । यस्ता रोधीको मुख्य व्यवसाय नै जाँड रक्सीको व्यापार भएकाले पेयशाला यीनको मुख्य क्षेत्र हुँन्छ र यो सँगै एकापट्टी नाँच्ने आँगन (डान्स फ्लोर) अनि कतिपयमा गीत फेरी फेरी बजाउँने चक्का नाइके (डीजे) को चाैकी समेत हुँन्छ । पश्चिमा पर्यटक लक्षीत यस्ता रोधी घर नेपालमा समेत वग्रेल्ती भेटिन्छन जहाँ पश्चिमा संस्कृती अनुरागी नेपालीहरु समेत जाँने गरेका पाइन्छन । यस्ता रोधीका कीसीम अनुसार कतीपयमा सदस्यहरुलाइ मात्र पहुँच दीइने पनि हुँन्छन ।