रोबर्ट प्याटिनसन Robert Pattinson | |
---|---|
जन्म | रोबर्ट डगलस थोमस प्याटिनसन १३ मे १९८६ लन्डन, इङ्ल्यान्ड |
पेशा | अभिनेता |
कार्यकाल | सन् २००४–वर्तमान |
आफन्त | लिजी प्याटिनसन (बहिनी)[१] |
पुरस्कार | पूर्ण सूची |
रोबर्ट डगलस थोमस प्याटिनसन[२][३] (जन्म १३ मे १९८६) एक अङ्ग्रेजी अभिनेता हुन्। ठूलो-बजेट र स्वतन्त्र दुवै चलचित्रहरूमा अभिनय गर्नका लागि परिचित, प्याटिनसन विश्वको सबैभन्दा धेरै कमाउने अभिनेताहरूको सूचीमा परेका छन्। सन् २०१० मा, टाइम पत्रिकाले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको थियो, र फोर्ब्स सेलिब्रेटी १०० सूचीमा समावेश गरिएको थियो।
१५ वर्षको उमेरमा लन्डन थिएटर क्लबमा अभिनय गरिसकेपछि, उनले काल्पनिक चलचित्र ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर (सन् २००५) मा सेड्रिक डिगरी खेल्दै आफ्नो चलचित्र जीवनको सुरुवात गरेका थिए। सन् २००८ र २०१२ को बीचमा पाँचवटा चलचित्रहरू समावेशी ट्वाइलाइट उपन्यासको चलचित्र रूपान्तरणमा उनले एडवर्ड क्युलेनको रूपमा अभिनय गरेका थिए, जसले विश्वव्यापी रूपमा ३.३ बिलियन डलर कमाएको थियो। यसले प्याटिनसनलाई विश्वव्यापी ख्याती दिलाएको थियो र विश्वमा सबै भन्दा बढि भुक्तानी पाउने कलाकारहरूका बीच स्थापित गरेको थियो।
उनी क्रिस्टोफर नोलनको जासूसी चलचित्र टेनेट (सन् २०२०) मा प्रमुख भूमिकाको साथ मुख्यधाराका चलचित्रहरूमा फर्केका थिए र म्याट रिभ्सको सुपरहिरो चलचित्र द ब्याटम्यान (सन् २०२२) मा ब्याटम्यानको भूमिकामा अभिनय गरेका थिए।
प्याटिनसनको जन्म १३ मे १९८६ मा लन्डनमा भएको थियो।[४][५]