व्यवसायको प्रकार | निजी |
---|---|
साइटको प्रकार | सङ्गीत प्रवाह, इन्टरनेट समुदाय |
संस्थापित | अगस्ट २००७ |
मुख्यालयहरू | , |
मालिक | साउन्डक्लाउड लिमिटेड |
संस्थापक (हरू) | अलेक्जेन्डर ल्युङ एरिक वाहलफोर्स |
मुख्य व्यक्तिहरू | माइक विसमान (कार्यकारी),[२] एलिह सेटोन (अध्यक्ष),[३] ड्र्यु विल्सन (सञ्चालन अधिकृत, वित्तीय अधिकृत),[४] लउरेन वित्स-सिउड (सामग्री अधिकृत, बजार व्यवस्थापन अधिकृत),[५] एन्टोनियस पोर्च (उपप्रमुख),[६] अलेक्जेन्डर ल्युङ (अध्यक्ष र उप-संस्थापक) |
उद्योग | सङ्गीत, सामाजिक/इन्टरनेट समुदाय |
कर्मचारीहरू | करिव ४२५ (सन् २०२१)[७] |
युआरएल | soundcloud |
दर्ता | वैकल्पिक; सामग्री हाल्नका लागि अनिवार्य |
प्रयोगकर्ताहरू | +७.६ करोड मासिक प्रयोगकर्ता (नोभेम्बर २०२१)[८] |
चालु भएको मिति | अक्टोबर २००८ |
लेखिएको भाषा | रूबी,[९] सकला[१०] |
साउन्डक्लाउड एक अनलाइन श्रव्य वितरण मञ्च र सङ्गीत साझेदारी वेबसाइट हो जसलाई सन् २००७ मा अलेक्जेन्डर ल्जुङ र एरिक वाहलफोरसद्वारा स्थापना गरिएको थियो। साउन्डक्लाउडले आफ्ना प्रयोगकर्ताहरूलाई सङ्गीत अपलोड गर्न, प्रवर्धन गर्न र साझेदारी गर्न सक्षम बनाउँदछ। साथै, एक डिजिटल सङ्केत प्रशोधकले श्रोताहरूलाई सङ्गीत प्रवाह गर्न सक्षम बनाउँदछ। साउन्डक्लाउड अनलाइनमा एउटा महत्वपूर्ण श्रव्य मञ्च बन्न पुगेको छ।[११] श्रोताका आधारमा, यसमा ७.६ करोड भन्दा बढी सक्रिय मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्। नोभेम्बर २०२१ सम्म साउन्डक्लाउडमा १७.५ करोड भन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेका छन्।[१२] कलाकारको कुरा गर्दा, १९० देशहरूमा ३० करोडभन्दा बढी स्रष्टाहरू छन्। मार्च २०२१ सम्म यस मञ्चमा २६ करोड ५० लाख भन्दा बढी गीतहरू अपलोड गरिएका छन्।[१३] साउन्डक्लाउड, मोबाइल, डेस्कटप र एक्सबक्स उपकरणहरूको लागि उपलब्ध छ। यसले दुवै निःशुल्क र सशुल्क सदस्यता प्रदान गर्दछ।
साउन्डक्लाउडले ट्विटर लगायतका अन्य मञ्चहरूबाट लगानी र समर्थन प्राप्त गरेको छ।[१४][१५]
ढाँचा:Music digital distribution platforms ढाँचा:Music streaming services