सि जिनपिङ | |
---|---|
习近平 | |
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको महासचिव | |
पद बहाली १५ नोभेम्बर २०१२ | |
पूर्वाधिकारी | हु जिन्ताओ |
७औ जनवादी गणतन्त्र चीनको राष्ट्रपति | |
पद बहाली १४ मार्च २०१३ | |
प्रमुख | ली कच्याङ |
उपराष्ट्रपति | ली युआनचाओ |
पूर्वाधिकारी | हु जिन्ताओ |
केन्द्रिय सैन्य आयोगको सभापति | |
पद बहाली १५ नोभेम्बर २०१२ (पार्टी आयोग) १४ मार्च २०१३ (राज्य आयोग) | |
सहायक | फां चाङलोङ जु कीलाङ |
पूर्वाधिकारी | हु जिन्ताओ |
राष्ट्रिय सुरक्षा आयोगको सभापति | |
पद बहाली २५ जनवरी २०१४ | |
सहायक | ली कच्याङ झाङ डेजियाङ |
पूर्वाधिकारी | नयाँ पद |
कम्युनिस्ट पार्टी चीनको केन्द्रिय समितिको सचिवालयको पहिलो सचिव | |
कार्यकाल २२ अक्टोबर २००७ – १५ नोभेम्बर २०१२ | |
महासचिव | हु जिन्ताओ |
पूर्वाधिकारी | जेङ कीङहोङ |
उतराधिकारी | लिउ युन्शन |
जनवादी गणतन्त्र चीनको उप राष्ट्रपति | |
कार्यकाल १५ मार्च २००८ – १४ मार्च २०१३ | |
राष्ट्रपति | हु जिन्ताओ |
पूर्वाधिकारी | जेङ कीङहोङ |
उतराधिकारी | ली युआनचाओ |
केन्द्रीय पार्टी विद्यालयको अध्यक्ष | |
कार्यकाल २२ डिसेम्बर २००७ – १५ जनवरी २०१३ | |
सहायक | ली जीङटियान |
पूर्वाधिकारी | जेङ कीङहोङ |
उतराधिकारी | लिउ युन्शन |
व्यक्तिगत विवरण | |
जन्म | बेइजिङ, चीन | १५ जुन १९५३
राजनीतिक दल | कम्युनिस्ट पार्टी |
जीवन साथी | पेङ लीयुआन |
सन्तान(हरू) | जी मीङजे |
निवास | झोङनाहाई |
मातृ शिक्षाप्रतिष्ठान | बेइजिङ मध्य विद्यालय सीङघुवा विश्वविद्यालय |
जीवनवृति | रासायनिक इन्जियर, वकील |
सि जिनपिङ (सी चिनफिङ) जनवादी गणतन्त्र चीनको एक राजनीतिज्ञ हून्, जो २०१२ देखि चीनियाँ कम्युनिष्ट पार्टीको महासचिव, केन्द्रिय सैन्य आयोगको अध्यक्ष तथा जनवादी गणतन्त्र चीनको राष्ट्रपति हुन्। २०१३ देखि, सि चीनको सर्वोच्च राजनीतिज्ञ हुन्।
सि जिनपिङ चीनियाँ कम्युनिष्ट पार्टीको क्रान्तिकारी सि जोङ्सुनको पुत्र हुन्, तय्सैले सिको बाल्यकाल (१ देखि १५-१६ वर्ष) बेइजिङमा थियो। चीनको सांस्कृतिक क्रान्ति शुरु भएपछि, सिको बुवा सि जोङ्सुनको पार्टी भित्रको स्थान तल खस्यो, चीनियाँ सर्कारले सि जिनपिङलाई शान्सी प्रान्तको येनान शहरको ल्याङ्गज्याह गाउँमा कर्मचारी बन्न पठायो। ल्याङ्गज्याहमा सि चीनियाँ कम्युनिष्ट पार्टीको सदस्य बने । उनि ती गाउँमा काम गर्दै ल्याङ्गज्याहको पार्टी सचिव बने।
चीनको साँस्कृतिक क्रान्तिको अन्तकालमा (सन १९७०-१९७६), सिले बेजिंगको चिङ्ह्वा विश्वविद्यालयमा रासायनिक ईन्जिनियरिङ् पढे । त्यस्वेला, बेजिंगका विश्वविद्यालय विध्यार्थीहरु मध्य धेरैका राजनीतितीर जाने इक्षा थियो, जस्तो ली कच्याङ, वाङ हुनिङ, ली झान्शू तथा अनेक अरुहरु । चिङ्ह्वामा पढेको पस्छात, सन १९९२ देखि २००२ सम्म सि फुज्येन प्रान्तको पार्टी सचिव बने, जुन उस्को पहिलो राष्ट्रिय स्तर थियो । सन २००२ देखि २००७ सम्म सि जज्याङ प्रान्तको पार्टी सचिव थिए, सन २००७मा ६ महिनालाई शाङ्हाएको पार्टी सचिव थिए । सन २००७को अक्टोबरमा सि चीनियाँ कम्युनिष्ट पार्टीको पोलिट्बुरो स्ट्यान्डिङ समितिको सदस्य बने ।
सि जिनपिङ
सि को कालमा , चीनले उत्तर कोरिया सँगको सम्बन्ध झनै जटिल रूपमा लिएको छ, भने दक्षिण कोरिया संगको सम्बन्ध सुधारेको छ ।[१] सी प्रसासनमा चीन जापान सम्बन्ध मा चिसो बढेको छ; दुवै देश बीच सेन्काकु टापु, जसलाई चीनले दिओयु (Diaoyu) भन्ने गरेको छ, लाई लिएर विवाद कायम छ । यस मुद्दालाई लिएर जापान सँग विवाद जारी रहदा , चीनले नोवेम्बर २०१३ मा वायु रक्षा पहिचान क्षेत्र घोषणा गर्यो ।.[२]
से ले चीन-अमेरिका सम्बन्धलाई समसामयिक विश्वको "विश्न महाशक्तिको नयाँ किसिमको सम्बन्ध" बताएका थिए । [३] उनको प्रशासनमा रणनीतिक तथा आर्थिक वार्ता , जुन हु जिन्ताओको कालमा सरु भएको थियो निरन्तर भइरह्यो ।अमेरिका-चीन सम्बन्ध मा उनले भने "यदी चीन र अमेरिका एक अर्का विरुद्ध मोर्चा बन्दी गर्छन् भने त्यो दुवै देशको लागि विनाश हुनेछ "[४] संयुक्त राज्य अमेरिका दक्षिण चीन सागरमा चीन को कदम को आलोचक बनेको छ।[३] २०१४ मा, चीनियाँ ह्याकरहरूले संयुक्त राज्य व्यक्तिगत व्यवस्थापन कार्यालयको कम्प्युटर प्रणाली मा आक्रमण गरी ,[५] लगभग २२ मिलियन व्यक्तिगत रेकर्डको चोरी गर्यो ।[६]
सि ले रसियासंगको सम्बन्ध झनै सुदृढ गरे , मुख्य त २०१४ को युक्रेन सङ्कटको पूर्व सन्ध्या मा। उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि बलियो व्यक्तिगत सम्बन्ध कायम गरेका छन् । दुवै नेता लाई राष्ट्रवादी भावना सहितको बलियो नेता मानिन्छ जो पश्चिमा हरूको स्वार्थको विरुद्ध निडर भएर उभिन्छन्।[७] सि २०१४ को शीतकालिन ओलम्पिकको उद्घाटन समारोहमा उपस्थित भए । सि को शासन कालमा चीनले ४ खर्ब डलरको रसिया सँग ग्यास सम्झौता गरे ; चीन रसियाको सबैभन्दा ठूलो व्यापार साझेदार समेत बन्यो ।[७]
सि ले अमेरिकाको एसियामा "रणनीतिक केन्द्रबिन्दु" लाई अप्रत्यक्ष रूपमा आलोचना गरेका छन् ।[८] २१ मे २०१४ मा, क्षेत्रीय सभामा सम्बोधन गर्दै, उनले तेश्रो पक्ष लाई सामेल गर्नु भन्दा एसियाली देशहरूलाई एक हुन् र एउतै मार्गमा संगै अघि बढ्नलाई आह्वान गरे ।[९] नोबेम्बर २०१४ मा, सम्बोधन गर्दै उनले चीन र उनको दक्षिण पूर्वी छिमेकीहरू सँगको मुद्धाहरू समाधान गर्नको लागि बल भन्दा पनि वार्ता र छलफल लाई प्राथमिकता दिन आह्वान गरे ।[१०]
२०१७ को सुरुवातमा, थाड प्रतिरक्षा प्रणाली को खरिद पछि चीन र दक्षिण कोरिया को सम्बन्धमा तिक्तता आयो, [११] भने सि र उत्तर कोरियाली नेता किम जोंग उन सँग भेट वार्ता भएपछी चीन-उत्तर कोरिया सम्बन्ध मा सुधार भयो ।[१२] २०१९ मा जापान ओसाकामा भएको जी-२० वार्ता,मा सि ले उत्तर कोरिया विरुद्ध लगाइएको प्रतिबन्ध सहज गर्न आह्वान गरेका थिए ।.[१३]
२०१६ मा डोनाल्ड ट्रंप राष्ट्रपति भएपछी अमेरिका संगको सम्बन्ध चिसिन थाल्यो ।[१४] २०१८ मा, अमेरिका र चीन ले एक अर्का विरुद्ध व्यापार युद्ध को सुरुवात गरे ।[१५]
४ जुन २०१९, मा सि ले रुसी समाचार संस्था तासलाई आफू अमेरिका रिरान बीचको अहिले द्वन्दले 'चिन्तित रहेको " कुरा बताएका थिए ।[१६] उनले पछि आफ्नो इराने समकक्षी हसन रुहानीसँग साङ्घाई सहयोग सङ्गठनको वार्ताको क्रममा ओमान को खाडी को घटनाको बाबजुद चीन इरान सँगको सम्बन्ध बलियो बनाउने कुरा गरेका थिए ।[१७]
चीनका राष्ट्रपति सीले नेपालको दुईदिने राजकीय भ्रमण १२-१३ अक्टोबर २०१९ मा गरेका थिए[१८][१९] । उनलाई तत्कालीन नेपालकी राष्ट्रपति विद्या देवी भण्डारीले स्वागत तथा बिदाइ गरेकी थिइन् ।