एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सौन्दर्यशास्त्र (Aesthetics) संवेदनात्मक-भावनात्मक गुण-धर्म र मूल्यहरूको अध्ययन हो। कला, संस्कृति र प्रकृतिको प्रतिअंकन नै सौन्दर्यशास्त्र हो। सौन्दर्यशास्त्र, दर्शनशास्त्रको एक अङ्ग हो।
सौन्दर्यशास्त्र त्यो शास्त्र हो, जसमा कलात्मक कृतिहरू, रचनाहरू आदिबाट अभिव्यक्त हुने अथवा तिनमा निहित सौन्दर्यको तात्त्विक, दार्शनिक र मार्मिक विवेचन हुन्छ। विशेष कुनै सुन्दर वस्तुलाई देखेर हा्म्रो मनमा जो आनन्ददायी अनुभूति हुन्छ, तिनको स्वभाव र स्वरूपको विवेचन तथा जीवनको अन्यान्य अनुभूतिहरूसहित तिनको समन्वय स्थापित गर्न यिनीहरूको मुख्य उद्देश्य हुन्छ ।