मौलिक नाम | 华为技术有限公司 |
---|---|
व्यवसाय प्रकार | प्राइभेट कम्पनी |
उद्योग | दुरसंचारका उपकरण नेटवर्किङ उपकरण |
स्थापित | १९८७ |
स्थापनाकर्ता | रेनजेङ्गफेइ |
केन्द्रीय कार्यालय | , |
उत्पादनहरू | Mobile and fixed broadband networks, consultancy and managed services, multimedia technology, smartphones, tablet computers, dongles |
आम्दानी | ¥२३९.०२ billion (2013)[१] US$39.46 billion (2013) |
परिचालन आय | ¥२९.१२ billion (2013)[१] US$4.80 billion (2013) |
¥२१.०० billion (2013)[१] US$3.46 billion (2013) | |
कुल सम्पत्ति | ¥२३१.५३ billion (2013)[१] US$38.22 billion (2013) |
कुल इक्विटी | ¥८६.२६ billion (2013)[१] US$14.24 billion (2013) |
मालिक | Employee-owned corporation[२] |
कर्मचारी सङ्ख्या | १५०,००० (२०१३)[३] |
सहायक कम्पनीहरू | HiSilicon |
वेबसाइट | www |
हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेड (/ˈwˌweɪ/) चीनको सेनझेनमा अवस्थित चाइनिज बहुराष्ट्रिय कम्पनी हो[४] । यस कम्पनीले नेटवर्किङ्ग, दुरसञ्चार उपकरण तथा सेवा सम्बन्धमा कार्य गर्दछ । यो कम्पनी संसारकै सबैभन्दा ठूलो दुरसञ्चार उपकरण आपूर्ति गर्ने कम्पनी हो । हुवावेले पच्चिस वटा टेलिकम कम्पनीहरुका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको र अहिलेसम्म दस हजारभन्दा बढी फाइभ–जीका बेस स्टेसन अन्य देशमा आपूर्ति गरिसकेको छ ।[५] हुवावेले एन्ड्रोइडको विकल्पमा नयाँ प्रविधि विकास गर्न ६५ अर्ब अमेरिकी डलर खर्च गरेको छ ।[६] अमेरिकी कम्पनीहरूमा आफ्नो निर्भरता कम गर्न हुवावेले स्मार्टफोन, ल्यापटप र स्मार्ट होम उपकरणहरूको लागि विकास गरेको बहुप्रतीक्षित माइक्रोकेर्नेल-आधारित वितरित अपरेटिंग सिस्टम हार्मोनी को आधिकारिक अनावरण गर्यो। [७] २०१९ को पहिलो त्रैमासिकमा निर्यात वृद्धि भएको शीर्ष तीन स्थानमा हुवावे एक्लो स्मार्टफोन निर्माता थियो ।[८]