सन् २०२०–२१ युएफा च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घद्वारा आयोजित युरोपका प्रतिष्ठित क्लबको फुटबल प्रतियोगिताको ६६औँ संस्करण हो युरोपेली कपबाट युएफा च्याम्पियन्स लिग नामाकरण भएपछिको २९औं सिजनको संस्करण हो।। यो हालको नाममा नामकरण भएदेखिको २८औँ संस्करण हो।
यसको फाइनल खेल २०२१ मे २९ मा पोर्चुगलको पोर्तो स्थित,एस्तदिओ दो द्रगओ नामक रङ्गशालामा आयोजना भएको थियो। चेल्सीले म्यान्चेस्टर सिटीलाई १-० ले पराजित गरी बिजय हासिल गरेको थियो । २०२० युइएफए च्याम्पियन्स लिग फाइनल खेलको लागी टर्की स्तानबुलको अतातुर्क ओलम्पिक रङ्गशाला छनोट गरिएपनी कोभिड्-१९ महामारीको कारणले लिस्बन मा सारिएको हो । [१] छनोट गरिएको थियो तर संयुक्त अधिराज्यले टर्कीलाई पर्यटकको लागी रातो सूचीमा राखेको र मनाही गरेकाअले लिस्बनमा सारिएको थियो । [२]
बायर्न म्यूनिख साविक विजेता थियो , तर पेरिस सेन्ट-जर्मेनसँग पराजित हुँदै क्वार्टर फाइनलमा बाहिरियो । पेरिस सेन्ट-जर्मेन लाई गत संस्करणमा बायर्न ले फाइनलामा पराजित गरेको थियो । २०२०–२१ युएफा च्याम्पियन्स लिगको विजेता रूपमा, चेल्सी स्वतः २०२१–२२ युएफा च्याम्पियन्स लिगको लागि छनोट भएको छ ।
विजेता चेल्सीले अब २०२१-२१ को युइएफा युरोपा लिगको बिजेता बिलारेआल सँग २०२१ मा युइएफा सुपर कप र जपानमा फिफा क्लब विश्वकप खेल्नेछ ।