भारतीय राज्य ओडिशा मा सन् २०२३ जुन २ एक मालबाहक रेल गाडी, १२८४१ कोरमण्डल एक्सप्रेस र १२८९४ एसएमभिटी बेङ्गलोर-हावडा सुपरफास्ट एक्सप्रेस एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए।[५] [६] यस घटनामा हालसम्म २८८ जनाको मृत्यु भइसकेको छ भने करिब ९०० जना घाइते भएका छन्।[७] [१] [८] यो दुर्घटना भारतमा अहिलेसम्मकै सबैभन्दा घातक रेल दुर्घटनाहरू मध्येको एक हो।[९] [१०]
दुर्घटना
ओडिशा रेल दुर्घटना
सन् २०२३ जुन २ मा स्थानीय समय अनुसार लगभग बेलुकी ७ बजे [११] भारतको पूर्वी राज्य ओडिशा को बालासोर जिल्ला को बहानगा बजार रेलवे स्टेसन नजिकै हावडा-चेन्नई मुख्य लाइनमा दुईवटा यात्रुवाहक रेलहरू ठोक्किएका थिए। यस घटनामा २८८ जनाको ज्यान गएको थियो भने अन्य ९०० भन्दा बढी यात्रुहरू घाइते भएका थिए।[१२] [१३] [१४] पहिलो रेल पटरीबाट बाहिरिएको अनुमान गरिएको छ र यसका केही डिब्बा पल्टिएर विपरित ट्रयाकमा पुगेको थियो र दोस्रो रेलसँग ठोक्किन पुगेको थियो।[१५] दुर्घटनामा एउटा मालगाडी पनि ठोक्किएको थियो।[१६]
यात्रुवाहक रेल्वे १२८४१ कोरोमण्डल एक्सप्रेस (शालिमार र एमजिआर चेन्नई सेन्ट्रल बीच) र १२८६४ एसएमभिटी बेङ्गलोर-हावडा एसएफ एक्सप्रेस (एसएमभिटी बेङ्गलोर-हावडा बीच) एकआपसमा जुधेका थिए।[१७] [१८]
प्रतिक्रिया
भारतीय रेलवे तथा ओडिशा र पश्चिम बङ्गाल का सरकारहरूले घटना लगत्तै हेल्पलाइन नम्बरहरू जारी गरेका थिए। ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार उद्धारका लागि एनडीआरएफ (National Disaster Reaction Response Force) को ३ इकाइ, ४ ओडीआरएएफ युनिट, १५ भन्दा धेरै दमकल, १०० डाक्टर, २०० प्रहरी र २०० एम्बुलेन्स परिचालन गरिएको थियो। थप चारवटा एनडीआरएफ टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ। स्थानीय बस कम्पनीले घाइते यात्रुलाई ओसारपसारमा सहयोग गरेका छन्।[१९] [२०] स्थानीय जनताले यात्रुहरूलाई पानी उपलब्ध गराए र सम्भव भएसम्म यात्रीहरूको सामान निकाल्न मद्दत गरे।[२१]
परिणाम
प्रधानमन्त्री नरेन्द्र मोदीले ३ जुन २०२३ मा दुर्घटना स्थलको भ्रमण गरेका थिएँ
रेलवेले मृतकका परिवारलाई ₹ १० लाख , गम्भीर घाइतेहरूलाई ₹ २ लाख र सामान्य घाइतेहरूलाई ₹ ५० हजार क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ। साथै, प्रधानमन्त्री राष्ट्रिय राहत कोष ( PMNRF) बाट मृतकका परिवारलाई ₹ २ लाख र घाइतेहरूलाई ₹ ५० हजार दिइनेछ।[२२] [२३]
दुर्घटना पछि, ४९ रेल रद्द गरियो र ३८ रेल अर्को रुटमा डाइभर्ट गरियो।[२४] [२५] जुन ३ मा निर्धारण गरिएको मुम्बई CSMT-मडगाउँ वन्दे भारत एक्सप्रेसको उद्घाटन पनि रद्द गरियो।[२६]
यस घटनापछि ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले एक दिने राजकीय शोकको घोषणा गरेका छन्।[२७]
प्रतिक्रिया
प्रधानमन्त्री नरेन्द्र मोदीले बालासोरको एक अस्पतालमा दुर्घटनामा परी घाइते भएकाहरूलाई भेटेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।[२८] केन्द्रीय गृहमन्त्री अमित शाहले घटनालाई "अत्यधिक विचलित" भएको बताए।[१६]
ओडिशा र पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्रीहरूले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।[२९] [३०]
सन्दर्भ सामग्रीहरू
↑ १.० १.१ Dash, Jatindra; V, Abinaya (३ जुन २०२३), "At least 261 dead in India's worst train accident in over two decades" , Reuters (अङ्ग्रेजीमा), मूल बाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ ।
↑ Soutik Biswas and Adam Durbin (४ जुन २०२३), "India train disaster: Signal fault the likely cause, minister says" , BBC News , अन्तिम पहुँच ४ जुन २०२३ ।
↑ Yasir, Sameer (२०२३-०६-०४), "India Vows Punishment for Those Responsible for Deadly Train Crash" , New York Times , अन्तिम पहुँच २०२३-०६-०४ ।
↑ "Train Crash: PM Promises Stringent Action Against Guilty; Death Toll Mounts To 288" , State Times News, ४ जुन २०२३, अन्तिम पहुँच ४ जुन २०२३ ।
↑ "Odisha train accident: A look back at the nearly identical 1998 Khanna rail disaster" ।
↑ "Odisha train mishap: A look at some of the biggest railway accidents in India" ।
↑ "Toll in Odisha train tragedy reaches 280, many still trapped" , India Today ।
↑ "Coromandel express accident live: Death toll in Odisha train accident rises to 237" , The Times of India (अङ्ग्रेजीमा), २०२३-०६-०३, मूल बाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ ।
↑ "Odisha train accident: A look back at the nearly identical 1998 Khanna rail disaster" ।
↑ "Odisha train mishap: A look at some of the biggest railway accidents in India" ।
↑ "India train crash death toll surpasses 230, estimated 900 injured" , Aljazeera (अङ्ग्रेजीमा), ३ जुन २०२३, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ ।
↑ "India train crash: More than 280 dead after Odisha incident" , BBC, ३ जुन २०२३, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "Photos: 70+ killed, over 600 injured in Balasore triple train crash in Odisha" , Hindustan Times (अङ्ग्रेजीमा), ३ जुन २०२३, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "Coromandel express accident live: Train accident in Odisha leaves over 200 dead, 900 injured" , The Times of India (अङ्ग्रेजीमा), ३ जुन २०२३, मूल बाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ ।
↑ "Odisha three-train accident: 288 dead in India’s worst train tragedy since 1995; survivors recount horrors" ।
↑ १६.० १६.१ "India train crash: More than 280 dead after Odisha incident" , BBC, ३ जुन २०२३, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "Several trains cancelled after railway accident in Odisha" , The Times of India , २ जुन २०२३, आइएसएसएन 0971-8257 , मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "India train crash: More than 230 dead after Odisha incident" , BBC News (en-GBमा), २०२३-०६-०२, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ ।
↑ "Rescue Teams At Odisha Train Crash Site, Ops To Last 3 More Hours: Official" , NDTV.com , मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "India train crash: More than 280 dead after Odisha incident" , BBC, ३ जुन २०२३, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ Sharma, Ashok (२ जुन २०२३), "More than 200 killed and 900 hurt after 2 trains derail in India; hundreds still trapped in coaches" , AP News (अङ्ग्रेजीमा), मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ ।
↑ "Odisha tragedy: What we know so far after accident involving three trains" , Hindustan Times (अङ्ग्रेजीमा), २ जुन २०२३, मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "Coromandel express accident live updates: Death toll in Odisha train accident rises to 237; railway minister orders high-level probe" , Times of India, ३ जुन २०२३, मूल बाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ ।
↑ "Odisha train tragedy: 49 trains cancelled, 38 diverted after Coromandel, Bengaluru-Howrah Express trains derail" , The Times of India , ३ जुन २०२३।
↑ "18 Trains Cancelled, 7 Diverted After Big Train Accident In Odisha" , NDTV.com , मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "Flagging off function of Goa-Mumbai Vande Bharat Express cancelled following Odisha train tragedy" , The Times of India , २ जुन २०२३, आइएसएसएन 0971-8257 , मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ ।
↑ "Odisha train accident: CM Naveen Patnaik declares one-day state mourning" , Hindustan Times (अङ्ग्रेजीमा), २०२३-०६-०३, अन्तिम पहुँच २०२३-०६-०३ ।
↑ "PM Modi Announces Rs 2 Lakh For Families Of Odisha Accident Victims" , NDTV.com , मूल बाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ ।
↑ "Odisha train accident: Bengal government announces measures to aid passengers and kin in distress" , www.telegraphindia.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०३ ।
↑ "Coromandel Express accident Live Updates: PM Modi to visit Odisha accident site today, will meet injured at Cuttack hospital" , The Indian Express (अङ्ग्रेजीमा), २०२३-०६-०२, मूल बाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ ।