एली लार्टर | |
---|---|
जन्म | ऐलिसन एलिजाबेथ लार्टर फेब्रुअरी २८, १९७६ चैरी हिल, न्यू जर्सी |
अन्य नाम | Allegra Coleman[१] |
पेशा | अभिनेत्री |
कार्यकाल | १९९७–वर्तमान |
जीवनसाथी | हेज मैकआर्थर (२००९–वर्तमान) |
एली लार्टरको नामले प्रख्यात ऐलिसन एलिजाबेथ लार्टर (जन्म २८ फेब्रुअरी १९७६) एक अमेरिकी चलचित्र अभिनेत्री हुन्। उनी एनबिसी टेलिभिजनको विज्ञान कथा ड्रामा 'हिरोज'मा निकी स्यान्डर्स र ट्रेसी स्ट्रासको दोहरो भूमिकाको लागि परिचित छिन्।[२][३]
एली लार्टरको जन्म च्यारी हिल, न्यू जर्सीमा भएको थियो। उनकी आमा मार्गरेट एक रियल्टर हुन् भने उनको बुवा ड्यानफोर्थ लार्टर एक ट्रकिङ कार्यकारी हुन्। उनकी ठुल दिदी कर्स्टन एक शिक्षिका हुन्। एलीले मोडलिङ करियरको सुरुवात १४ वर्षकै उमेरमा गरेकी थिइन्।