राजनीतिक भूगोल राजनीतिक प्रक्रियाहरूको स्थानिय असमान नतिजाहरू र राजनीतिक प्रक्रियाहरू आफैंले स्थानिय संरचनाहरूबाट प्रभावित हुने तरिकाहरू दुवैको अध्ययनसँग सम्बन्धित छ।[१] परम्परागत रूपमा, विश्लेषणको उद्देश्यका लागि, राजनीतिक भूगोलले केन्द्रमा राज्यको अध्ययन, माथिको अन्तर्राष्ट्रिय सम्बन्ध (वा भूराजनीति) को अध्ययन र त्यसभन्दा तलका स्थानहरूको अध्ययन गरी तीन-स्तरको संरचना अपनाउने गरिन्छ।[२]